जोडिनुहोस
  • होमपेज
  • सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् ।

वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।

१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।

साथै भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ।
राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो ।

यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ । विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ ।

उनीसँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयरमा मनोनीत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका