जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिका उम्मेदवार नेम्वाङ भन्छन्- सबै दलहरू एक ठाउँमा उभिनुपर्छ

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ भन्छन्- सबै दलहरू एक ठाउँमा उभिनुपर्छ

काठमाडौं । भावी राष्ट्रपतिका एक उम्मेदवार सुभाषचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

राष्ट्रपति चुनाव सुरु हुनुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले देश र जनताका अगाडि ठूलो चुनौती रहेको बताए । नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने प्रयास गरेको उल्लेख गरे ।

‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ । सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’ उनले थपे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका