जोडिनुहोस
  • होमपेज
  • तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजोको तुलनामा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ कायम छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । हिजो बुधबार समेत सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका