जोडिनुहोस
  • होमपेज
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति देउवाको निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी पुसमा हुने महासमिति बैठक तयारीका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारका कामको समीक्षासहितको प्रतिवेदन प्रस्तुत गर्ने बुझिएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गते बस्नेगरी तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका