जोडिनुहोस
  • होमपेज
  • नागरिकका समस्या सुन्न रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

नागरिकका समस्या सुन्न रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।

नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ ।

सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।

तोकिएको जिल्ला

१. रवि लामिछाने-९८५१३६०५५५ सभापति : संसदीय दलको नेता

२. डोलप्रसाद अर्याल-९८५१३३६७७४ ट : बारा, धादिङ, कञ्चनपुर, कैलाली

३. विराजभक्त श्रेष्ठ-९८६७४३७६०८ : गुल्मी, दार्चुला, अछाम, पाल्पा

४. सन्तोष परियार-९८५११४५०२२ : भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

५. निशा डाँगी-९८६०१५१२४७ : झापा, मोरङ, इलाम, सल्यान

६. मनिष झा – ९८५१०७३७७५ : धनुषा, रौतहट, रुपन्देही, बझाङ

७. गणेश पराजुली -९८५१०३९५६४ : ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

८. सोबिता गौतम -९८६०६६०८२७  ; दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

९. सुमना श्रेष्ठ-९८०१०८३५५२ : रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

११. शिशिर खनाल- ९८५१२३४५६२ : रोल्पा, दाङ, सर्लाही, सप्तरी

१२. हरि ढकाल – ९८५११६४१६८ : सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१३. डा.स्वर्णिम  वाग्ले – ९८५५०६६१०७ : गोरखा, पर्सा, बैतडी, तनहुँ

१४. डा.चन्दा कार्की- ९८५१०२६७९३ : भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१५. असिम शाह – ९८५१०९०४९३ : काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,

१६. लक्ष्मी तिवारी -९८५८०२३२८० : प्युठान, परासी, बर्दिया, बाँके,

१७. अशोक कुमार चौधरी- ९८०४३२८००५ : धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१८. शिव नेपाली-९८५६०४४३७१ : लमजुङ, म्याग्दी, पर्वत, कास्की,

१९. बिनिता कठायत-९८४०८४०७४६ : जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

२०. विन्दबासिनी कांसकार- ९८४२०९६९४३ : स्याङ्जा, बाग्लुङ, मकवानपुर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका