जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रमा परेको दबाब हटाउन निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

अर्थतन्त्रमा परेको दबाब हटाउन निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरुसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिंदै निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरे ।

बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि उनले माग गरे । बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यकबारे उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्विजिसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए । उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे ।

हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सीएनआई उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे लगायत सहभागी थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका