जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल पुस २० गते शुक्रबारको राशिफल

आज २०८० साल पुस २० गते शुक्रबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा लाभ हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ।

वृषः दिन राम्रो छ। आम्दानी बढ्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। आफन्तबाट सम्पत्तिको दुरुपयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ।

मिथुनः चिट्ठामा धन प्राप्त हुने योग छ। ठुलो काममा हात लगाउनुभयो भने फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा लाभ हुनेछ। परिवारबाट असहयोग हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।

कर्कटः दैनिकी सामान्य छ। परिवारमा झमेला आइपर्नसक्छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा सम्मान प्राप्त हुनसक्छ।

सिंहः दैनिकी सामान्य छ। बल भन्दा बढी बुद्धि लगाएर समस्याको समाधान खोज्नुपर्छ। सहकर्मीले असहयोग गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। कुनै योजना भए गोपनीयता नखोलेको राम्रो हुन्छ। वैदेशिक रोजगारको क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्याः दिन राम्रो छ। मनमा उत्साह थपिनेछ। धर्ममा मन जानेछ। प्रतिस्पर्धी पछाडि हट्नेछन्। रोग विस्तारै निको हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। चन्द्रमा दाहिने छन्। मौका प्रशस्त छन्। शेयर र चिट्ठामा फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुनसक्छ।

वृश्चिकः आजको दिन सामान्य छ। हरेक क्षेत्रमा बाधा, विरोध, अवरोध र निराशा भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनुः आजको दिन राम्रो छ। मान्यजनको साथ र सहयोग रहने छ। जति कमाए पनि खर्च बढी भएको देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र सबल छन्। परिवारमा मनमुटाव हुनसक्छ।

मकरः दिन सामान्य छ। शनिको छाया योग रहेको छ। पिपलको दर्शन गरेर मात्र कामको सुरुवात गरेको राम्रो हुन्छ। शनिदेव राम्रो ठाउँमा बसेको भए ठुलो पद प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

कुम्भः समय सामान्य छ। अरुको लागि तर्क गरेर समय बित्ने योग छ। शुभकर्म र परोपकार नगरे मन शान्त हुँदैन। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

मीनः दैनिकी राम्रो छ। स्वास्थ्य, शिक्षा, वैदेशिक र राजनीति क्षेत्र अब्बल छन्। सबैको साथ र सहयोग मिल्नेछ। अरुको हातमा पुगेको धन उठाउन गाह्रो हुने भएकाले ख्याल गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो रहने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका