जोडिनुहोस
  • होमपेज
  • मलेसियालाई हराउदै नेपाल च्याम्पियन

मलेसियालाई हराउदै नेपाल च्याम्पियन

काठमाडौं । शीर्षक्रमका ब्याटर नरेन भट्टको उत्कृष्ट शतकको सहयोगमा नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोलीलाई फराकिलो अन्तरले पराजित गरेर उपाधी जितेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले २ सय २१ रनको सानदार जित दर्ता गरेको हो । नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलब ५ ओभरमा ३१ रन बनाउँदै अलआउट भयो।

मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।

पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोईरालाले २३ बलमा १८ रन बनाए ।

दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्वपर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन । पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए ।

सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे । अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए । मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।

नेपाल लगातार तेस्रो संस्करणमा च्याम्पियन भएको हो । यसअघि नेपालले २०१७ र २०१९ मा यू-१६ को उपाधि जितेको थियो । यसअघिको संस्करण भने यू-१६ रिजनको नामले भएको थियो । यस संस्करणमा नेपाल अपराजित रुपमा च्याम्पियन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका