जोडिनुहोस
  • होमपेज
  • एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने पक्का

एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने पक्का

काठमाडौं । कार्लोस एन्सेलोटी ब्राजिलको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने पक्का भएको छ । रियल मड्रिडसँगको सम्झौता सकिएपछि एन्सेलोटीले ब्राजिलको राष्ट्रिय फुटबल टिम हेर्ने पक्का भएको हो ।

ब्राजिली फुटबल संघका अध्यक्ष एडनाल्डो रोड्रिग्सले घटनाको पुष्टि गर्दै अर्को वर्षदेखि एन्सेलोटीले टिम सम्हाल्ने जानकारी दिएका हुन् । अर्को वर्ष एन्सेलोटीको रियल मड्रिडसँगको सम्झौता सकिदैछ । त्यसपछि एन्सेलोटीले ब्राजिली टिम सम्हाल्ने जानकारी ब्राजिली फुटबल संघका अध्यक्षले गराएका हुन् ।

सन् २०२२ को विश्वकपपछि मुख्य प्रशिक्षक टिटेले ब्राजिली टिम छाडेका थिए । टिटेपछिको ब्राजिली टिमको योजना बताउँदै रोड्रिग्सले भने, ‘फर्नान्डो डिनिजले एक वर्षका लागि अन्तरिम रुपमा टिमको कार्यभार सम्हाल्नेछन् । र फ्लुमिनेन्सको प्रशिक्षकको रुपमा आफ्नो कामलाई समेत निरन्तरता दिनेछन् । सन् २०२४ को समरमा एन्सेलोटीको सम्झौता सकिनेछ । त्यसपछि उनले ब्राजिलको कार्यभार सम्हाल्नेछन् ।’

यसअघिनै ब्राजिलका ठुला स्टारले एन्सेलोटी मुख्य प्रशिक्षक बन्ने खुलाएका थिए । नेयमारले केही समय अघि उनले धेरै कुरा सिकाउन सक्ने बताएका थिए भने भिनिसियस जुनियरले विश्वको उत्कृष्ट प्रशिक्षकको रुपमा एन्सेलोटीलाई ब्याख्या गरेका थिए ।

रियल मड्रिड समेत एन्सेलोटीको बहिर्गमनपछिको तयारीमा छ । उसले पूर्व मिडफिल्डर जाभी अलान्सोलाई एन्सेलोटीको विकल्पको रुपमा हेरेको छ । उनले अर्को समरपछि रियलको नेतृत्व गर्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका