जोडिनुहोस
  • होमपेज
  • दोहोरो नागरिकता बनाएको कसुरमा दुई जना पक्राउ

दोहोरो नागरिकता बनाएको कसुरमा दुई जना पक्राउ

कञ्चनपुर । दोहोरो नागरिकता बनाएको कसुरमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका-५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धी कसुरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका