जोडिनुहोस
  • होमपेज
  • ईपीजीको प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको छ ; प्रचण्ड

ईपीजीको प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको छ ; प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रवुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन दुबै सरकारले एकैचोटी बुझ्ने गृहकार्य भइरहेको बताएका छन् । बुधबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुबै देशको सहमतिमा ईपीजी गठन भएकाले त्यसको प्रतिवेदन दुबै सरकारले एकै चोटी बुझ्ने र घोषणा गर्ने गृहकार्य भइरहेको बताएका हुन् । ‘ईपीजी सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले दुबै सरकारले एकैचोटी सहमतिबाट नै त्यो बुझ्ने र घोषणा गर्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले त्यो हुनै सकेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए । यद्यपि उनले कस्तो निर्णय भन्नेबारे केही खुलाएनन् । नेपाल र भारतबीच सीमा लगायतका विभिन्न समस्या पहिचान गरी समाधानको उपाय पत्ता लगाउन दुबै देशका सरकारको सहमतिमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूह गठन गरिएको थियो । दुबै देशका ४-४ जना प्रवुद्ध व्यक्ति सहभागी ईपीजीले प्रतिवेदन तयार पारे पनि सार्वजनिक भएको छैन । उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय दिएका छैनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका