जोडिनुहोस
  • होमपेज
  • गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा बाबु छोराको मृत्यु

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा बाबु छोराको मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको चोर खोला भन्ने ठाउँ नजिक विद्युत्को ताराहरू लत्रिएका थिए । तारले रा १ ख ८३४ नम्बरको बसलाई छोएको थियो ।

बसलाई छुँदा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका