जोडिनुहोस
  • होमपेज
  • धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपलिका-३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका-३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको डीएसपी चन्दले बताए । यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको छ ।

उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका