जोडिनुहोस
  • होमपेज
  • कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद गठन

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद गठन

विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?