जोडिनुहोस
  • होमपेज
  • जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको हो । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरमा पनि ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका