जोडिनुहोस
  • होमपेज
  • एनभीए भलिबलमा एपीएफलाई हराउँदै पुलिसको पुरुष टिम पनि फाइनलमा

एनभीए भलिबलमा एपीएफलाई हराउँदै पुलिसको पुरुष टिम पनि फाइनलमा

काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबको पुरुष टोली पनि फाइल प्रवेश गरेको छ ।

एपीएफ पुलिससँग २५-२२, २५-१३ र २५-१५ को सोझो सेटमा पराजित भएको हो । पुलिससँग पराजित हुँदै एपीएफ भने लिग चरणमै सिमित बनेको छ ।

पहिलो सेटबाट दबदबा बनाएको पुलिस तेस्रो सेटसम्म नै खेलमा हाबी हुँदै खेल सोझो सेटमा सकेको हो । पुलिस लिग चरणमा ६ खेलमा ५ जित र १ हारसहित १५ अंकको साथमा फाइनल प्रवेश गरेको छ ।

पुलिस ६ खेलमा १५ अंक सहित शीर्ष स्थानमा रहेको छ । अर्को फाइनलिस्ट भने आर्मी र हेल्प नेपालको खेलपछि टुंगो लाग्नेछ ।

महिलातर्फ पनि पुलिस फाइनलम पुगेको छ । फाइनल खेल शनिबार १२ बजे र पुरुषको फाइनल दिउँसो ३ बजे हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका