जोडिनुहोस
  • होमपेज
  • मनकामना इन्जिनियरिङको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

मनकामना इन्जिनियरिङको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

काठमाडौ। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ ।

स्थानीय बासिन्दाले यस कम्पनीको आईपीओमा अब साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीले असार १९ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।

यसले जारी पुँजीको ८० करोड रुपैयाँको १०% अर्थात ८ करोड रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

उक्त आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । साथै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका- ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन भएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला भएको हो ।

स्थानीय बसिन्दाले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङ्गको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका