जोडिनुहोस
  • होमपेज
  • कुरान जलाएको विरोधमा इराकस्थित स्विडेनको दूतावासमा आगजनी

कुरान जलाएको विरोधमा इराकस्थित स्विडेनको दूतावासमा आगजनी

बग्दाद । इराकको राजधानी बग्दादमा रहेको स्विडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौँ प्रदर्शनकारीले स्विडेनको दूतावासमा आगजनी गरेका छन् ।

घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौँ प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्विडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समय पछि आगजनी पनि गरेका थिए । तर, दूतावासका कुनै पनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ । बग्दादमा स्विडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन्।

स्विडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दूतावासमा आगजनी गरेका हुन् । केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् । यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बग्दादमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका