जोडिनुहोस
  • होमपेज
  • कांग्रेस बैठकमा शिवाकोटीको प्रस्ताव- बालकृष्ण खाँण रोज्ने कि सरकार ?

कांग्रेस बैठकमा शिवाकोटीको प्रस्ताव- बालकृष्ण खाँण रोज्ने कि सरकार ?

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । तीनदेखि जारी बैठकमा खाँणको निलम्बनको पक्षमा बोल्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो बनेका छन् ।

‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’ शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्‍यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

भ्रष्टचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताएका छन् । ‘सरकार र साथी मध्ये के रोज्ने हो यो बैठकले टुंगो लगाउनुपर्दछ,’ शिवाकोटीले भने ।

यसअघि बुधबारको बैठकमा लक्ष्मी खतिवडा र राधा घलेले खाँणको पक्ष लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका