जोडिनुहोस
  • होमपेज
  • बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

काठमाडौं । विश्वको प्रतिष्ठित सञ्चारमाध्यम बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छिन्। सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सयजना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ता कपाली परेकी हुन्।

यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ।

बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन्। यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि छन्।

बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो। सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका