जोडिनुहोस
  • होमपेज
  • सहकर्मी पक्राउको विरोधमा विमानस्थल भन्सारका कर्मचारीले कार्गो जाँचपास बन्द गराए

सहकर्मी पक्राउको विरोधमा विमानस्थल भन्सारका कर्मचारीले कार्गो जाँचपास बन्द गराए

काठमाडौँ– भेपमार्फत् ९ किलो सुन तस्करी र भन्सार जाँचपास भई गएको ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा उत्रिएका छन । भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा आज उनिहरुले कार्गो जाँचपास बन्द गराएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीका तर्फबाट आइतबार नै जारी गरिएको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।

कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका