जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेल र चिनियाँ नेताबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र चिनियाँ नेताबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार अपरान्ह भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ हुने बताएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका