जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानः काश्मोरको हिन्दु मन्दिरमा लुटेराको आक्रमण

पाकिस्तानः काश्मोरको हिन्दु मन्दिरमा लुटेराको आक्रमण

सुक्कुरः पाकिस्तानको कश्मोर जिल्लाको घोसपुर नजिकै रहेको बगारीजी अल्पसंख्यक समुदायको गुलशन डेरा बाबा सनवल शाहको मन्दिरमा लुटेराहरुको समूहले आक्रमण गरेका छन् ।

आक्रमणबाट कम्पाउण्ड पर्खालको एक भागमा क्षति पुगेको छ । तर, मोर्टारहरू विस्फोट भएनन्। लुटेराले रामदासका बागवानो दास, रेवरी कुमार लगायतका घरमा समेत गोली प्रहार गरेका थिए । एसएसपी कश्मोर—कान्धकोट इरफान सामो घटनास्थल पुगेर आक्रमणको बारेमा जानकारी लिए। डेरा बाबा सँवल शाहमा समुदायको वार्षिक भेला हुने गरेको भगवान दासलगायतले बताए । उनीहरुले एसएसपीलाई आक्रमणको लक्ष्य आफ्नो भेला भएको बताए । उनीहरुले मोर्टार आगो र गोली प्रहारका कारण मानिसहरु आतंकित भएको र महिला तथा बालबालिकाहरु मन्दिर छाडेको बताए ।

एसएसपीले पर्खालको क्षतिग्रस्त भागको जाँच गरे र प्रमाण संकलन गरे। उनले उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले अपराधीलाई छिट्टै पक्राउ गर्ने समुदायलाई आश्वासन दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका