जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौं । सन् २०२६ को विश्वकप छनोट र २०२७ को एएफसी एसियन कप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । मलेसियाको क्वालाम्पुरमा भएको ड्र अनुसार नेपालले लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

नेपालले होम एण्ड अवे गरि दुई म्याच लावोससँग खेल्नेछ । पहिलो लेगको खेल अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ ।

एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् । विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाईनेछ ।

तेस्रो चरणमा दोस्रो चरणबाट छनोट भएका १८ टिमले तीन समूहमा विभाजित भएर होम एण्ड अवेका आधारमा छनोट खेल्नेछन् ।

तीन समूहका शीर्ष दुई टोली विश्वकपमा सिधै छनोट हुनेछन् । तेस्रो र चौथो स्थानमा आएका टिमलाई समेत छनोटको अवसर प्राप्त हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका