जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिँदै

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिँदै

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् ।

प्रदेश प्रमुखकोमा पुगेर मुख्यमन्त्री पदमा दावी गर्ने तयारीमा रहेका गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमको राजीनामा पर्खिरहेका छन् ।

उनले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा बुझाउने र लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दावी पेश हुने गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराउन लागेको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नछन् । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् । सो समयभित्रै दावी पेश हुने नेता आङ्बोले जानकारी दिए ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका