जोडिनुहोस
  • होमपेज
  • एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन् । गतसाताको शनिवार मध्यराति सकिएको अनलाइन मतदानमा गुरुङले कुल १४७९ मत ल्याएर सन् २०२३–२५ कार्यकालको नेतृत्व लिन सफल भएका हुन् । अध्यक्ष पदमा निर्वाचित गुरुङ तमुधिं यूकेका पूर्व अध्यक्षसमेत हुन् ।

गुरुङका प्रतिष्पर्धी दिनेश घिमिरेले १२५४ तथा डा. नारायण कँडेलले ९०५ मत ल्याएको अनलाइन मतदान गर्ने कम्पनी भेरोले घोषणा गरेको छ । स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा मनिष खत्री विजयी भएका छन् । दुई उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार तथा महासचिवमा गोविन्द खरेल निर्वाचित भएका छन् ।

उपाध्यक्ष निर्वाचित रविन्द्र कँडेलले १४५६ तथा सुरेश परियारले १३१२ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रतिष्पर्धीहरुमध्ये ज्ञानेन्द्र आलेले ८७८, कर्मा पहाडी शेर्पाले ८७६ तथा अमन गौचनले ४२९ मत ल्याएर पराजित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका