जोडिनुहोस
  • होमपेज
  • मौसम पूर्वानुमानः कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमानः कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भू–भागहरूका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज राति देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका