जोडिनुहोस
  • होमपेज
  • असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती सम्पन्न

असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती सम्पन्न

गोलाघाट— असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती सम्पन्न भएको छ ।

साहित्यिक संस्थाको स्वर्ण जयन्तीका उपलब्धि र उपलब्धिसहितको इतिहासको महत्वलाई मध्यनजर गर्दै जिल्लाको गोर्खा समितिको सरुपाथरस्थित बोलोसिंह राई मेमोरियल स्कूल परिसरमा धानसिरी, बोकाखाट, मेरापानी र गोलाघाट गरी चार उपखण्डका गोरखावासी भेला भएका हुन् । असम नेपाली साहित्य सभाले औपचारिक रुपमा एएनएस स्वर्ण जयन्ती स्वागत समिति गठन गर्ने उद्देश्यले आइतबार संयोजक समिति गठन गरेको छ ।

असम नेपाली साहित्य सभाका अध्यक्ष एवं साहित्य अकादमी पुरस्कार विजेता दुर्गा खतिवडाले कार्यअध्यक्ष तथा विश्वनाथ कलेजका प्राचार्य डा चिन्तामोनी शर्माले शहीदहरू र गोरखा पुर्खाहरूप्रति पुष्प अर्पण गर्नुका साथै दीप प्रज्वलन गरी एएनएसएसको झण्डा फहराएका थिए।

प्रतीकात्मक रूपमा गोरखा नेता तथा एएनएस पदाधिकारीहरूले बीएमएस ग्रुप अफ इन्स्टिच्युसनका संस्थापक तथा अखिल भारतीय गोर्खा लिग एबीजीएलका पूर्व नेता स्वर्गीय शिवाजी राईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै समुदायका लागि उहाँको आधा शताब्दी लामो योगदानको स्मरण गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका