जोडिनुहोस
  • होमपेज
  • शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले ३० देशका सेनाप्रमुख नयाँ दिल्लीमा भेला हुँदै

शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले ३० देशका सेनाप्रमुख नयाँ दिल्लीमा भेला हुँदै

हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले असोज ८ देखि १० गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ ।

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन्। सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु रहेको छ ।

सम्मेलनमा आपसी हित र सुरक्षाका विषयमा छलफल हुनेछ। सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधानसेनापति एवं सैन्य प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका