जोडिनुहोस
  • होमपेज
  • संसदको अवरोध खुलाउन सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् ।

सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

संसदको अवरोध खुलाउन पहल स्वरुप सभामुख घिमिरेले आइतबार पनि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । सो छलफलले शीर्ष नेताहरुसँग नै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसैले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठक अघि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका