जोडिनुहोस
  • होमपेज
  • मकवानपुर पहिरो अपडेट : हराएका थप दुई जनाको शव भेटियो

मकवानपुर पहिरो अपडेट : हराएका थप दुई जनाको शव भेटियो

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे दोभानमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनामध्ये थप दुई जनाको शव फेला परेको छ । यो सँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

मङ्गलवार बिहान गएको पहिरोको कारण एकै घरका ६ जना बेपत्ता भएकोमा आज बिहान बाबु छोरीको शव फेला परेको हो ।

उद्धारमा खटिएको टिमले ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शिला पहरीको शव पहिरोले बगाएको घर भन्दा १० किलोमिटर पर फेला पारेको हो ।

पहिरोले पुरिएको मध्य मङ्गलवार एक जनाको जीवितै उद्धार गरिएको थियो भने आज मृत फेला परेका अक्कलबहादुरकी श्रीमतीको हिजो शव भेटिएको थियो ।

पहिरोले पुरिएर हराइरहेका सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकरेका अन्दाजी १७ वर्षीय पासाङ घिसिङको सकुशल उद्धार गरी उपचारको लागि हेटौँडा पठाइएको छ ।

भारी वर्षासँगै मङ्गलवार बिहान सिक्रे दोभानका स्थानीय ६० वर्षीय अक्कलबहादुरको स्याङतानको घर बगाउँदा उनीसँगै उनको श्रीमती ५५ वर्षीया सन्त स्याङतान उनको छोरी २२ की शिला पहरी, ज्वाइँ २५ वर्षी जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ की दिव्या पहरी र पाहुना लागी बास बसेका सिन्धुली हरिहरपुरका पासाङ घिसिङ बेपत्ता भएका थिए ।

अब हराइरहेका थप ३ जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका