जोडिनुहोस
  • होमपेज
  • इजिप्टले पर्यटनबाट झण्डै ११ अर्ब अमेरिकी डलर राजश्व उठायो

इजिप्टले पर्यटनबाट झण्डै ११ अर्ब अमेरिकी डलर राजश्व उठायो

काठमाडौं।इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै आर्थिक वर्ष २०२१–२०२२ मा झण्डै ११ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको छ ।

जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१–२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ अर्ब अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्ष ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिब १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधबार घोषण गरेको हो ।

इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको थियो । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख रहेको थियो ।

गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६।६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ ।

२०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरूमा ६२.६ प्रतिशत युरोपेलीहरू रहेका थिए । अरबी पर्यटकहरू २६.४ प्रतिशत थिए ।

त्यस्तै अमेरिकीहरू ५.८ प्रतिशत र बाँकी अन्य देशबाट गएको पाइएको छ । सन् २०२० मा कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका