जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले भने – मन्त्री फेरेर भएपनि कामलाई गति दिन्छु

प्रधानमन्त्री प्रचण्डले भने – मन्त्री फेरेर भएपनि कामलाई गति दिन्छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् ।

मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर कामलाई गति दिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका