जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र घट्दै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका