जोडिनुहोस
  • होमपेज
  • भूकम्पका घाइते डिस्चार्ज हुँदै

भूकम्पका घाइते डिस्चार्ज हुँदै

भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् । जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ । निको भएर घर फर्केका बिरामी तथा कुरुवालाई यातायातको प्रबन्ध गरिएको जानकारी दिँदै श्रेष्ठले आपतकालीन कार्यसञ्चालन केन्द्रले उनीहरुलाई चामल २५ केजी, दाल पाँच केजी, तेल दुई लिटर, कम्बल सेट एक र त्रिपाल एक थान प्रदान गरेको छ ।

अस्पताल अहिलेसम्म भूकम्पमा परी घाइते भएकाको सङ्ख्या ४९ पुगेको श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका जाजरकोट, रुुकमपश्चिम र सल्यानका घायतेको उपचार भइरहेको छ । अस्पतालमा उपचार गराइरहेका अधिकांश बिरामीको हाडर्जोर्नीसम्बन्धी समस्या देखिएकाले उपचारका लागि विशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको केन्द्रले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका