जोडिनुहोस
  • होमपेज
  • सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि

सोशिका बस्नेतले जितिन् ‘मिस लिटल आइडल २०२३’को उपाधि

काठमाडौं – सोशिका बस्नेतले ‘मिस लिटल आइडल २०२३’को ताज पहिरिएकी छिन् ।

काठमाडौँ प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको मिस लिटल आइडल २०२३ को उपाधि क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरकी सोशिका बस्नेतले चुमेकी हुन् ।

सांस्कृतिक संस्थान, नाचघर जमलमा शनिवार सम्पन्न कार्यक्रममा १७ स्कुलका ६८ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो उपाधि प्राप्त गरेकी हुन् । बस्नेतले दोस्रो पटकको प्रयासमा यो उपाधि चुम्न सफल भएकी हुन् ।

बस्नेत क्याब्रिज इण्टरनेशनल पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन् । मेधावी छात्रा बस्नेत बक्तृत्वकलालगायत अतिरिक्त क्रियाकलापमा पनि विशेष दख्खल राख्छिन् ।

मिस लिटल आइडल फस्ट रनरअपको उपाधि भने नेसनल ब्लुमिङ हाई स्कुल बुढानीलकण्ठमा कक्षा ६ मा अध्ययनरत प्राप्ति कुँवरले हात पार्न सफल भएकी छिन् ।

त्यस्तै मिस लिटल आइडल सेकेन्ड रनरअपको क्याम्ब्रिज स्कुलमा कक्षा ६ मा अध्ययनरत बेला महर्जनले हात पार्न सफल भएकी छिन् । ज्ञान निकेतन इङ्गलिस स्कुल कक्षा ६ मा अध्ययनरत पतीज्ञा पाण्डे मिस लिटल ट्यालेन्ट २०२३ को उपाधि चुम्न सफल भएकी छिन् ।

प्याब्सन काठमाडौँकी उपाध्यक्ष तथा मिस लिटल आइडलकी आयोजक रिता राई दाहालका अनुसार लिटल आइडल २०२३ विजेता बस्नेतले ताज, ३० हजार र एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

फस्ट रनरअप कुँवरले ले २० हजार नगद र पढिरहेको विद्यायमा छात्रवृत्ति प्राप्त गरेकी छिन् । सेकेन्ड रनरअफ महर्जनले ताज, १० हजार नगद र पढिरहेको विद्यालयमा छात्रवृत्तिको व्यवस्था छ ।

मिस लिटल ट्यालेन्ट पाण्डेले अध्ययन गरिरहेको विद्यालयमा एक वर्षको स्कलरसिप र १० हजार रुपियाँ नगद तथा ताज हात पार्न सफल भएकी छिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै रीता राई दाहालले छोरीहरुको मनोबल उच्च बनाउन र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

सो प्रतियोगिताका लागि साउन ६ गते ७० जना बालिका छनोट गरी मिस मङ्गोल शिभिरा लामा र प्रसिद्ध कोरियोग्राफर रोजिन महर्जनले प्रशिक्षण दिँदै आएका थिए । त्यसको पहिलो चरणको मिस लिटल आइडलको ट्यालेन्ट सो साउन २० गते शनिवार बिहान ११ बजे सांस्कृतिक संस्थान नाचघरमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका