जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

सुन तस्करीको छानबिन सीआईबीबाटै गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं– प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी एमालेसहितका केही दलले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरहेका बेला तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले भने सीआईबीबाट अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

संसदीय दल बैठकले सीआईबीलगायतका सरकारी निकायले छानबिन गरिरहेकाले यसलाई पारदर्शी, गम्भीरताका साथ ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

साथै बैठकले अवरुद्ध संसद् नियमित गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका