जोडिनुहोस
  • होमपेज
  • गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन्ः योगेश भट्टराई

गठबन्धनकै नेताहरू सुन काण्डमा संलग्न छन्ः योगेश भट्टराई

महोत्तरी– नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी गठबन्धनमा आवद्ध दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन् ।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन महोत्तरी आइपुगेका सचिव भट्टराईले उच्चस्तरीय छानविन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको भागीदार बन्ने भएकै कारणले छानविन समिति नबनाइएको तर्क गरे ।

उनले संसद अवरुद्ध एमालेको रहर नभएको बताउँदै सरकारकै कारण संसदमा गतिरोध रहेको टिप्पणी गरे ।

उच्चस्तरीय छानविन समितिले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ ।

२०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएकाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए।

उनले एमाले मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउँदै उक्त निर्वाचनमा स्थानीयदेखि संघसम्म एमालेले बहुमत प्राप्त गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका