जोडिनुहोस
  • होमपेज
  • सन नेपाल लाइफको आईपीओ आजदेखि

सन नेपाल लाइफको आईपीओ आजदेखि

काठमाडौं । विहीबारदेखि सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमिय मूल्य थपेको छ । यससँगै, सर्वसाधारणले कम्पनीको आईपीओ खरिद गर्न प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । कम्पनीले वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।

वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो । सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याइएको छ ।

बाँकी रहेको ७६लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धकमा एसबीआई क्यापिटल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका