जोडिनुहोस
  • होमपेज
  • घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

काठमाडौं । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर उपचार गर्ने गरिएको हो ।

बिरामी भएका बेला घरमै पुगेर निःशुल्क उपचार तथा औषधि प्रदान गर्ने गरिएको जनाउँदै दीर्घ रोगीले खाने औषधिकोसमेत बिलका आधारमा पैसा दिने गरिएको वडाध्यक्ष सुनिल वलीले बताए।

कोही हिँडडुल गर्न सक्नुहुन्न, कसैको आर्थिक अवस्था कमजोर छ”, उनले भने “यही कारणले कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले घरमै गएर सेवा दिन सुरु गरेका हौँ ।” उनका अनुसार हाल वडामा रहेका चार सय ४२ ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् भने ५७ जना दीर्घरोगीले बिलका आधारमा सेवा पाइरहेका छन् ।

वैशाख ४ गतेदेखि वडाभित्र रहेका ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएकाको स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्यकर्मी खटाएर यो अभियान सञ्चालन गरिरहेको छ । साथै सरकारले निःशुल्करुपमा उपलब्ध गराएका औषधि बाघमारे स्वास्थ्यचौकीबाट वितरण गरिँदै आइएको वडाध्यक्ष वलीले जानकारी दिए।

घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । बिरामीले फोन गरेको अवस्थामा २४सै घन्टा सेवा सञ्चालन गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य सहजकर्तासमेत परिचालन गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका