जोडिनुहोस
  • होमपेज
  • संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख दलसँग छलफल गर्दै

संसदको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख दलसँग छलफल गर्दै

काठमाडौँ – संघीय संसदको जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) पनि संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

आइतबार पनि प्रमुख दलहरूसँग छलफल गरेका प्रधानमन्त्रीले बैठक सकारात्मक भएको जनाउँदै सोमबार सहमतिमा पुग्ने जनाएका थिए । बैठकमा सहभागी नेताहरूले पनि छलफल सकारात्मक भएको जनाएका थिए । सोमबार पुनः बस्ने बैठकमा संसद सुचारु गर्नेमा सहमतिमा पुग्न सकिने धारणा राखेका थिए ।

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने सकारात्मकता देखिएको बताएका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सञ्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताएका छन् ।

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका