जोडिनुहोस
  • होमपेज
  • बुद्धचित्तको बोट काटिएको घटनामा थप एक जना पक्राउ

बुद्धचित्तको बोट काटिएको घटनामा थप एक जना पक्राउ

काठमाडौं । काभ्रे रोशी गाउँपालिकामा बुद्धचित्तको बोट काटिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । शुक्रबारै एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले अनुसन्धानका लागि शनिबार राति थप एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले थप एक जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे सोधपुछ भइरहेको बताए । रोशी गाउँपालिका–५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे १५/२० जनाको अज्ञात समूहले काटिदिएको थियो ।

उक्त अज्ञात समूहले बुद्धचित्तको बोट काटेर आँगनमा चार वटा घरेलु सकेट बम समेत राखेको थियो। उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो । शेरबहादुरले वार्षिक तीन करोड रूपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका