जोडिनुहोस
  • होमपेज
  • इक्वेडरको राष्ट्रपतीय निर्वाचनमा कडा सुरक्षाबीच मतदान

इक्वेडरको राष्ट्रपतीय निर्वाचनमा कडा सुरक्षाबीच मतदान

काठमाडौं – इक्वेडरमा कडा सुरक्षाका बीच राष्ट्रपतीय र संसदीय निर्वाचनका लागि मतदान सम्पन्न भएको छ।

निर्वाचन अभियानका क्रममा राष्ट्रपति पदका उम्मेदवारको हत्या भएको घाउ मेटिन नपाउँदै ठूलो संख्यामा सैनिक र प्रहरी परिचालन गरी मतदान सम्पन्न गरिएको बीबीसीले उल्लेख गरेको छ। निर्वाचनमा वामपन्थी उम्मेदवार लुइसा गोन्जालेज र व्यापारिक पृष्ठभूमिका ड्यानियल नोबोआले ३३ र २४ प्रतिशत मत प्राप्त गरेका छन्।

मतगणनाको प्रारम्भिक नतिजाले राष्ट्रपति पदका लागि दोस्रो चरणमा मतदान हुने देखाएको छ। पूर्वबैंकर समेत रहेका राष्ट्रपति गुइलेर्मो लासोले संसद विघटन गरेपछि इक्वेडरमा समयअगावै निर्वाचन भएको थियो।

नयाँ राष्ट्रपतिले आगामी २६ अक्टोबरमा पदभार सम्हाल्नेछन्। पूर्वराष्ट्रपति वामपन्थी नेता राफेल कोरेआकी सहयोगी लुइसा गोन्जालेजलाई ८ दलको समर्थन रहेकाले बलियो उम्मेदवारका रुपमा हेरिएको छ।

अगस्ट महिनाको सुरुमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली प्रहार गरी हत्या भएको थियो। हिंसाको छायाँमा मतदान भएकाले कडा सुरक्षा व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका