जोडिनुहोस
  • होमपेज
  • वर्षाका कारण दोस्रो चरणको कांग्रेस संगठन सुदृढीकरण अभियान स्थगित

वर्षाका कारण दोस्रो चरणको कांग्रेस संगठन सुदृढीकरण अभियान स्थगित

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणअन्तर्गत दोस्रो चरणको अभियान तत्काललाई स्थगित गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको संगठन सुदृढीकरण अभियान स्थगित गर्ने निर्णय गरेको हो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार वर्षायाम भएका कारण अभियान स्थगित गर्ने निर्णय भएको हो । कांग्रेस केन्द्रीय समिति बैठकले १० देखि २४ भदौसम्म नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

कांग्रेसले पहिलो चरणको संगठन सुदृढीकरण अभियान साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको थियो ।
संसद् बैठक जारी भएकाले सांसद र मन्त्रीसमेत जिल्ला जिल्ला जान नमिल्ने भएकाले कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको हो । एमालेका कारण एक महिनादेखि संसद् अवरुद्ध हुँदा कांग्रेसको संगठन सुदृढीकरण अभियान प्रभावित भएको हो ।

पदाधिकारी बैठकले १५ दिनभित्रै भ्रातृसंस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने निर्णय गरेको छ । कांग्रेसको क्यालेन्डरमा भदौ १५ भित्र भ्रातृसंस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका