जोडिनुहोस
  • होमपेज
  • बारा दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

बारा दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

काठमाडाैंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

बस सडकको दायाँ साइडमा करिब १५ मिटर तल खसेपछि त्यसमा सबार सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपटीका विजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, सत्यवती, राजेन्द्र चतुरवेदी, श्रीकान्त चतुरवेदी, बैजन्ती देवी, मिरा देवी र विजयलाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

बसमा सबार १७ यात्रु घाइते छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक र सह-चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

घाइते हुनेहरूमा भारत राजस्थानका काघनश्याम चतुरवेदी, महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका जनकपुरका वर्षका घुरन मण्डल, महोत्तरी लोहारपटी नगरपालिकाका जसबेन्दर पासवान र भारत राजस्थान बस्ने माया देवी रहेकी छन् ।

यस्तै सोही ठाउँका अनिल कुमार, तारावती चतुरवेदी उनकै नातिनी कृत्तिका चतुरवे, श्याम लाल माली, हरवारी माली र चौथी देवी रहेका छन् ।

त्यसै गरी भारत राजस्थानकै सुरेश चन्द्र चक्रवर्ती, राम प्रसाद, धरम सिंह, इन्दु धाकड, गर्बिदा चतुरवेदी र राम कुमार चतुरवेदी रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका