जोडिनुहोस
  • होमपेज
  • गणपुरक संख्या नपुगेपछि संसद बैठक १८ गतेसम्मका लागि स्थगित

गणपुरक संख्या नपुगेपछि संसद बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । गणपुरक संख्याको अभावमा संसद बैठक स्थगित भएको छ । मंगलबार कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० निर्णायार्थ पेश गर्ने समयमा नै गणक संख्या अपुगभएपछि संसद बैठक स्थगित भएको हो ।

उक्त विधेयकको निर्णय प्रस्तुत गर्ने समयमा नै रास्वपा सांसद सुमना श्रेष्ठ र एमाले सांसद ठाकुर गैरे नियमापत्ति जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन् । गणपुरक संख्या नपुगेपछि स्थगित भएको संसद बैठक सभामुखले भदौ १८ गतेसम्मको लागि स्थगित गरेका हुन् । उक्त विधेयकका विषयमा नेपाली कांग्रेसले मात्र विरोध जनाएन प्रतिपक्ष सांसदहरुले पनि आपति जनाएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० स्वीकार्य नहुने बताए । महामन्त्री थापाले यसको कांग्रेसले नागरिकको अहितमा रहेकाले खुलेर विरोध गर्ने बताए ।

थापाले प्रधानमन्त्री प्रचण्डालाई सत्तामा बहुमत रहेकाले यसरी उक्त विधेयक बलमिँचाईले पारित नगर्न समेत आग्रह गरेका थिए । यस विधेयकमाथि धेरै प्रश्न खडा भएकाले पारित गर्न नमिलने उनको भनाइ थियो । संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको महामन्त्री थापाले टिप्पणी गरेका थिए ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएकाले नेपाली कांग्रेसले यसको सर्मथन नगर्ने बताए ।महामन्त्री थापाले २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट भएकाले यसको भारी नबोक्न पनि कानुनमन्त्री धनराज गुरुङलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका