जोडिनुहोस
  • होमपेज
  • राष्ट्र बैंकले भदौ १० गते दश अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

राष्ट्र बैंकले भदौ १० गते दश अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौ ११ गते जारी गर्नेगरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो ।

भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय बैंकले सूचना गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

कूल १० अर्ब रुपैयाँ मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिनेछ ।

विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक ६÷६ महिना अर्थात् अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका