जोडिनुहोस
  • होमपेज
  • लडाकु जहाज दुर्घटनामा युक्रेनका चर्चित पाइलटको निधन

लडाकु जहाज दुर्घटनामा युक्रेनका चर्चित पाइलटको निधन

काठमाडौं – युक्रेनमा लडाकु जहाज दुर्घटना हुँदा एक चर्चित लडाकु पाइलटसहित ३ जनाको निधन भएको छ।

रुसी आक्रमणको सुरुवाती चरणमा किभमा हवाई आक्रमणमा सहभागी भएका एन्ड्री पिल्स्चीकोभको दुर्घटनामा निधन भएको हो। उनको निधनलाई युक्रेनले दर्दनाक र अपुरणीय क्षतिका रुपमा लिएको छ।

उत्तरी युक्रेनको आकाशमा गस्ती गरिरहेको एल–३९ प्रशिक्षण विमान दुर्घटनामा परेको हो। लडाकु जहाज राजधानी किभको पश्चिममा पर्ने जाइटोमिर अब्लास्टमा एक घरमा बजारिएको अधिकारीहरूले जनाएका छन्।

एन्ड्रीले गत वर्ष युक्रेनी आकाशमा कयौँ रुसी लडाकु जहाजलाई कुशलतापूर्वक अवरोध गर्न सफल भएका थिए। अमेरिकाले थप नयाँ लडाकु जहाज प्रदान गरिरहेको अवस्थामा युक्रेनले रुसविरुद्ध सफलतापूर्वक प्रत्याकर्मण गरिरहेका बेला कुशल लडाकु पाइलटको निधनले युक्रेनलाई ठूलो धक्का लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका