जोडिनुहोस
  • होमपेज
  • धनकुटामा एकै परिवारका ३ जनाको शव भेटियो, एक छोरी सकुशल

धनकुटामा एकै परिवारका ३ जनाको शव भेटियो, एक छोरी सकुशल

धनकुटा नगरपालिका वडा नं. १ निगालेमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । उक्त परविारको ६ वर्षकी एक छोरी भने सकुशल छिन् ।

३५ वर्षका टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षकी भीमा गुरुङ र १० वर्षका छोरा आयुष भने मृत फेला परेका हुन् । ६ वर्षकी छोरी आशिका भने सकुशल रहेको स्थानीयले बताएका छन् ।

उनीहरु आफ्नै घरभित्र मृत फेला परेका हुन् । प्रहरीले भने टिकारामले श्रीमती भीमा र छोरा आयुषको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जनाएको छ । श्रीमान् श्रीमतीबीचको झगडाका कारण उक्त घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका