जोडिनुहोस
  • होमपेज
  • नेपालगञ्ज विमानस्थलबाट आपतकालीन उडान

नेपालगञ्ज विमानस्थलबाट आपतकालीन उडान

जाजरकोट र रुकुम पश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा नेपालगञ्जको राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् ।

सेनाको हेलिकप्टरले जाजरकोट र रुकुम पश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ । उक्त जहाजले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री ल्याएको थियो ।

उक्त जहाजमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामग्री रहेका छन् । उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकोप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पुर्‍याइने छ ।

घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका